Harsamaya
बेलायतका पूर्व राजकुमार प्रिन्स एन्ड्रयु पक्राउ
बेलायतका पूर्व राजकुमार प्रिन्स एन्ड्रयु ।

एजेन्सी - बेलायतका पूर्व राजकुमार प्रिन्स एन्ड्रयुलाई सार्वजनिक पदको दुरुपयोग गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। उनी बेलायतका राजा चार्ल्स तेस्रोका भाइ हुन् । 

थेम्स भ्याली प्रहरीले यौन अपराधी जेफ्री एपस्टीन सँग गोप्य जानकारी साझा गरेको आरोपमा अनुसन्धान गर्दै उनलाई पक्राउ गरेको जनाएको छ। एन्ड्रयुले भने आफूले कुनै पनि गलत काम नगरेको दाबी गर्दै आएका छन्।

गत वर्ष उनको राजकुमार उपाधि हटाइएको थियो र त्यसपछि विन्डसरस्थित रोयल लज छोडेर स्यान्ड्रिङ्घममा बस्दै आएको बताइएको छ। बीबीसीका अनुसार सार्वजनिक पदको दुरुपयोगसम्बन्धी आरोपमा उनलाई पक्राउ गरिएको हो।

पूर्व राजकुमार पक्राउ परेको यो पहिलो घटना भएको जनाइएको छ।

प्रकाशित मिति: बिहीबार, फागुन ७, २०८२  १९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update