Harsamaya
टी–२० विश्वकप : स्कटल्यान्डमाथि नेपालको रोमाञ्चक जित

काठमाडौं - टी–२० विश्वकप अन्तर्गत नेपालले अन्तिम खेलमा जित निकालेको छ ।मंगलबार राती भएको खेलमा नेपालले स्कटल्यान्डलाई ७ विकेटले हराएको हो । नेपालको यो २०१४ विश्वकपपछि पहिलो जित हो । १७१ रनको लक्ष्य नेपालले १९.२ ओभरमा  ३ विकेट गुमाएर भेट्टायो ।

खेलमा दीपेन्द्र सिंह ऐरीले  अविजित ५० रनको योगदान दिए । कुशल भुर्तेलले ४३, आसिफ शेखले ३३, रोहित पौडेलले १६ तथा गुलशन झा २४ रनमा नटआउट रहे ।

बलिङतर्फ स्कटल्यान्डका माइकल लिस्कले तीन विकेट लिए । त्यसअघि मुम्बईस्थित वानखेडे मैदानमा टस हारेर ब्याटिङ थालेको स्कटल्यान्डले २० ओभरमा ७ विकेटको क्षतिमा १७० रन जोड्यो । बलिङतर्फ नेपालका सोमपाल कामीले चार ओभरमा २५ रन खर्चेर तीन विकेट लिए । नन्दन यादवले दुई तथा रोहित पौडेल र कुशल भुर्तेलले एक–एक विकेट लिए । यस समूहबाट वेस्ट इन्डिज र इंग्ल्यान्डले सुपर एटमा स्थान बनाउँदा नेपाल र स्कटल्यान्डसहित इटाली समूह चरणबाट बाहिरिए ।

प्रकाशित मिति: बुधबार, फागुन ६, २०८२  ०६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update