Harsamaya
हाल प्रदर्शनमा रहेका नेपाली चलचित्रको कमाई कति ?

काठमाडौं - चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ। ‘सिनेपा २ बक्सअफिस’ अन्तर्गतको तथ्यांकअनुसार फागुन २ गतेसम्मको कारोबार यस प्रकार छ:

१. आ बाट आमा
प्रदर्शन मिति: माघ १६ गतेदेखि
कमाई: रु ४ करोड ८० लाख ९० हजार ४८७
टिकट बिक्री: १,७६,५५२
कलाकार: पल शाह, विपना थापा, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित विष्ट, बेगम नेपाली
निर्देशन: चन्द्र पन्त
अन्य: अभिमन्यु निरवी (संवाद), गम्भीर विष्ट (नृत्य निर्देशन), कोसिस क्षेत्री, बाबुल गिरी, थानेश्वर गौतम (सङ्गीत)

चलचित्रले मनोरञ्जनसँगै समाज परिवर्तनको विषय उठाएको छ। अभिनेता पल शाहले भने, ‘चलचित्रको कथा हाम्रो परिवार र गाउँ समाजसँग जोडिएको छ। दर्शकले सिफारिस गर्ने विश्वास छ।’

२. कुमारी
प्रदर्शन मिति: माघ २३ गतेदेखि
कमाई: रु ५६ लाख २११
टिकट बिक्री: १७,०२५
कलाकार: अविशेक खड्का, आकृतिराज भण्डारी
निर्देशन: दिनेश राउत

जेनजी पुस्ताको प्रेम कथा भनिएको चलचित्र अपेक्षित व्यापार गर्न सकेन। दर्शक समीक्षा मध्यम रहँदा कमाईमा असर परेको देखिन्छ।

३. रमिताको पिरती
प्रदर्शन मिति: माघ २३ गतेदेखि
कमाई: रु १९ लाख ४३ हजार ५८८
टिकट बिक्री: ५,९३७
कलाकार: आना शर्मा, धिरज मगर, विनय श्रेष्ठ, समिर श्रेष्ठ
निर्देशन: सुदीप्ता अधिकारी

दर्शक समीक्षा राम्रो भएता पनि व्यापार अपेक्षाकृत कम भयो।

चलचित्र विकास बोर्डले पछिल्ला केही महिनादेखि नेपालमा प्रदर्शन भएका नेपाली र विदेशी चलचित्रको व्यावसायिक विवरण हरेक सोमबार सार्वजनिक गर्दै आएको छ।

प्रकाशित मिति: सोमबार, फागुन ४, २०८२  १७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update