जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु तीन घाइते
एजेन्सी - श्रीलंकाको पूर्वी प्रान्तको वालाइचेनाई सहरमा शुक्रबार जङ्गली हात्ती प्रवेश गरी मानिस र सम्पत्तिमा आक्रमण गरेपछि ६८ वर्षीया महिलाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको जनाइएको छ ।
प्रहरीका अनुसार जङ्गली हात्ती वालाइचेनाईका केही गाउँहरूमा प्रवेश गरी बासिन्दाहरूलाई भागाभाग पारेको थियो ।
एउटा हात्तीले आक्रमण गरेपछि खाना बेच्ने महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
हाल वन्यजन्तु र कानून प्रवर्तन अधिकारीहरूले हात्तीलाई जङ्गलमा फिर्ता गरी सकेको प्रहरीले बताएको छ ।
पछिल्लो समयमा श्रीलंकामा हात्ती आक्रमण एउटा गम्भीर समस्या भनेको छ भने हात्तीको आक्रमणका कारण सन् २०१५ देखि सन् २०२४ सम्म तीन हजार भन्दा बढीको मृत्यु भएको जनाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन १, २०८२ १७:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

