Harsamaya
आहा रारा गोल्डकप : एपिएफलाई हराउँदै मनाङ क्वाटरफाइनलमा
आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता।

कास्की - आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा मनाङ मस्र्याङ्दी क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ। पोखरा रङ्गशालामा आज भएको खेलमा मनाङले एपिएफ क्लबलाई २–१ गोलले पराजित गर्‍यो।

एपिएफले ११औँ मिनेटमा युवराज राईको गोलबाट अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन। दोस्रो हाफमा मनाङका रोनिश राजभाक (५७औँ) र सुरेश कुमाल (७७औँ) ले गोल गर्दै टोलीलाई जित दिलाए।

फागुन ९ गतेसम्म चल्ने प्रतियोगितामा १२ टोली सहभागी छन्। विजेताले १४ लाख एक हजार र उपविजेताले सात लाख एक हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

प्रकाशित मिति: बिहीबार, माघ २९, २०८२  २१:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update