Harsamaya

काठमाडौं - भारत सरकारले निर्वाचनका लागि नेपाल सरकारलाई आवश्यक सवारीसाधन हस्तान्तरण गरेको छ ।

बिहीबार गृह मन्त्रालयमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गृहमन्त्री ओमप्रकाश अर्याललाई भारत सरकारले उपहारस्वरुप प्रदान गरेको सवारीसाधन हस्तान्तरण गरेका हुन्  । 

 भारतले पहिलो लटमा ६१ वटा, दोश्रो लटमा २५४ वटा सवारी हस्तान्तरण गरेको थियो भने बिहीबार तेश्रो लटमा २२३ वटा सवारी साधन प्राप्त भएको गृह मन्त्रालयमा प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए । 

त्यस्तै नेपाली सेनाका लागि ५० वटा गाडी समेत हस्तान्तरण भएको उनले बताए । भारत सरकारले नेपाल सरकारलाई अनुदान स्वरुप उपलव्ध गराउने प्रहरीका सामाग्रीहरु पनि आउने क्रममा रहेको प्रवक्ता काफ्लेले जानकारी दिए । 

भारत सरकारबाट प्राप्त भएका गाडीहरु सुरक्षा निकायका साथै निर्वाचनसंग सम्बन्धी प्रयोजनका लागि प्रयोग हुने गृह मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ २९, २०८२  १८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update