Harsamaya
फोटोनद्वारा वीरगंजमा ग्राहक भेटघाट कार्यक्रम
फोटोन मोटर्स नेपाल ।

काठमाडौं - फोटोन मोटर्स नेपालले दीर्घकालीन ग्राहक सम्बन्ध सुदृढ गर्ने उद्देश्यले बिरगंजमा ग्राहक भेटघाट कार्यक्रम आयोजना गरेको छ।

वीरगंजस्थित आधिकारिक डिलर हलमार्क मोटर्स इन्भेस्टमेन्ट प्रा. लि. मा सम्पन्न कार्यक्रममा ग्राहकसँग प्रत्यक्ष संवाद गर्दै विश्वास निर्माण र प्रतिक्रिया संकलनमा जोड दिइएको थियो।

कार्यक्रममा सहभागी ग्राहकहरूले फोटोन टिमसँग आफ्नो स्वामित्व अनुभव, सर्भिस तथा सहायतासम्बन्धी सुझाव साझा गरेका थिए। ती प्रतिक्रियाले स्थानीय आवश्यकता अनुसार उत्पादन तथा सेवा सुधार गर्न सहयोग पुग्ने फोटोनको भनाइ छ।

कार्यक्रमका क्रममा फोटोन माउन्टेन ईभी, eTunland, फोटोन लो रुफ, सोकोन ईभी भ्यान तथा सोकोन कार्गो भ्यानको प्रदर्शनी पनि गरिएको थियो। साथै, फोटोनले देशभर रहेका १५३ भन्दा बढी चार्जिङ स्टेशन र बिरगंज आसपास विस्तार भइरहेको चार्जिङ पूर्वाधारबारे जानकारी दिएको छ।

फोटोनले कारोबारभन्दा दीर्घकालीन साझेदारीलाई प्राथमिकता दिने आफ्नो दृष्टिकोण दोहोर्‍याउँदै नेपाल–केन्द्रित भरपर्दो व्यावसायिक तथा विद्युतीय यातायात समाधानप्रतिको प्रतिबद्धता व्यक्त गरेको छ।
 

प्रकाशित मिति: मंगलबार, माघ २७, २०८२  १४:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update