भ्रष्टाचारविरुद्ध सरकारी प्रयास कमजोर, नेपाल फेरि ३४ अंकमै
काठमाडौं - ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक २०२५ अनुसार नेपालले यस वर्ष पनि ३४ अंक प्राप्त गरेको छ। गत वर्षकै अंक दोहोरिँदा भ्रष्टाचार नियन्त्रणमा उल्लेखनीय सुधार हुन नसकेको देखिएको छ।
१८० देश समेटिएको सूचकांकमा नेपाल मध्यमभन्दा कमजोर अवस्थामै रहेको छ। दक्षिण एसियामा भूटान ७१ अंकसहित अघि रहँदा भारत र माल्दिभ्सले ३९, श्रीलंकाले ३५ र पाकिस्तानले २८ अंक पाएका छन्।
टिआई नेपालका अनुसार राजनीतिक अस्थिरता, कमजोर सुशासन, सार्वजनिक पदको दुरुपयोग र दण्डहीनताका कारण सूचकांक सुधार हुन सकेको छैन। भ्रष्टाचार नियन्त्रणका लागि राजनीतिक इच्छाशक्ति, कानुनको पूर्ण कार्यान्वयन र पारदर्शी प्रशासन आवश्यक रहेको टिआईको निष्कर्ष छ।
प्रकाशित मिति: मंगलबार, माघ २७, २०८२ १४:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

