Harsamaya
खाद्यान्नमा मिसावट गरेको अभियोगमा १९ व्यवसायीविरुद्ध मुद्दाको तयारी
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडा ।

बागमती - खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले खाद्यान्नमा मिसावट गरेको अभियोगमा १९ जना व्यवसायीविरुद्ध मुद्दा दायर गर्ने तयारी गरेको छ।

चालु आर्थिक वर्ष २०८२/८३ मा गरिएको अनुगमन तथा संकलित नमूनाको परीक्षणबाट कैफियत देखिएपछि खाद्य स्वच्छता तथा गुणस्तर ऐनअन्तर्गत मुद्दा प्रक्रिया अघि बढाइएको कार्यालय प्रमुख बिनिता पोखरेलले बताए । जेनजी आन्दोलनका कारण मुद्दा दर्ता ढिलो भए पनि अब छिट्टै दायर गरिने उनको भनाइ छ।

अनुगमनका क्रममा स्वास्थ्यमा प्रतिकूल हुने गरी मिसावट गरिएको, म्याद गुज्रेका खाद्यवस्तु बिक्री गरिएको पाइएको छ। सो अवधिमा अखाद्य ३११ किलो खाद्यवस्तु जफत गरी नष्ट गरिएको छ भने विभिन्न शीर्षकमा १० लाखभन्दा बढी राजस्व संकलन गरिएको कार्यालयले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, माघ २७, २०८२  १०:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update