रास्वपालाई निर्वाचन आचारसंहिताविपरीत गतिविधि नगर्न प्रशासनको आग्रह
नवलपुर - जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई निर्वाचन आचारसंहिता पालना गर्न ध्यानाकर्षण गराएको छ।
आज परासीमा हुने रास्वपाका सभापति रवि लामिछानेको जनसम्पर्क तथा ‘घण्टी अभिवादन’ कार्यक्रमका सन्दर्भमा प्रशासनले आचारसंहिता लागू भइसकेकाले राजनीतिक दल वा उम्मेदवारको चिह्न अंकित पहिरन, ब्याच, झोला, स्टिकरलगायत सामग्री प्रदर्शन नगर्न आग्रह गरेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीले कार्यक्रम गर्न रोक नलगाइए पनि निर्वाचन आचारसंहिताविपरीत गतिविधि गर्न नपाइने स्पष्ट गरे। प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मर्यादित, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता पालना गर्न प्रशासनले सबैलाई आग्रह गरेको छ।
प्रकाशित मिति: मंगलबार, माघ २७, २०८२ ०९:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

