Harsamaya
एपस्टेन पीडितप्रति वेल्स दम्पतीको चिन्ता
राजकुमार विलियम र राजकुमारी क्याथरिन ।

एजेन्सी - राजकुमार विलियम र राजकुमारी क्याथरिनले दोषी यौन अपराधी जेफ्री एपस्टेनका पीडितहरूप्रति गहिरो चिन्ता व्यक्त गर्दै सोमबार संयुक्त बयान जारी गरेका छन्।

यसलाई बेलायती राजतन्त्रले पूर्वराजकुमार एन्ड्र्युसँग एपस्टेनको सम्बन्धबारे आएका पछिल्ला खुलासाबाट आफूलाई स्पष्ट रूपमा अलग राख्ने प्रयासका रूपमा हेरिएको छ।

वेल्स दम्पतीले अमेरिकी न्याय मन्त्रालयले यस महिनाको सुरुमा सार्वजनिक गरेको ३० लाख पृष्ठभन्दा बढी कागजातका विवरणबाट आफूहरू स्तब्ध भएको बताएका छन्।

दरबारका अनुसार, उनी निरन्तर सार्वजनिक भइरहेका खुलासाबाट गहिरो रूपमा चिन्तित छन् र उनका विचार तथा संवेदना पीडितहरूमै केन्द्रित छन्।

यो बयान राजकुमार विलियमको साउदी अरबको तीनदिने भ्रमणअघि जारी गरिएको हो। यसैबीच, एपस्टेनसँगको सम्बन्धबारे अघिल्ला खुलासापछि पूर्वराजकुमार एन्ड्र्युको शाही उपाधि खोसिएको छ र उनी हाल एन्ड्र्यु माउन्टब्याटन–विन्डसरका नामले चिनिन्छन्।

राजाको निर्देशनअनुसार उनले विन्डसर क्यासल नजिकको रोयल लज छोडिसकेका छन् र हाल स्यान्ड्रिङ्घम एस्टेटमा अस्थायी रूपमा बस्दै आएका छन्।

प्रकाशित मिति: सोमबार, माघ २६, २०८२  १८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update