Harsamaya
स्वतन्त्र उम्मेदवारी फिर्ता गर्ने सानु तामाङको घोषणा, जंग बहादुरलाई सहयोग गर्न अपिल
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री मोहन बहादुर बस्नेत, क्षेत्रीय सभापति तथा बाह्रविसे नगरपालिका मेयर बालकृष्ण बस्नेत लगायतका नेताहरू ।

सिन्धुपाल्चोक - सिन्धुपाल्चोक–१ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका सानु तामाङले आफ्नो उम्मेदवारी फिर्ता गर्ने घोषणा गरेका छन्। उनले पार्टीको आन्तरिक विवाद र टिकट वितरण प्रक्रियामा देखिएको असन्तुलनका कारण केही समयअघि स्वतन्त्र उम्मेदवारी दिएका थिए।

सानु तामाङ पूर्व वडाध्यक्ष र नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सदस्य हुन्। उनले विगतमा आफ्नो टिकट अर्का साथीलाई हस्तान्तरण गरेर पार्टी छोड्नबाट रोकेको र एमालेका सक्रिय कार्यकर्तालाई कांग्रेसमा प्रवेश गराएर आफ्नो वडामा विपक्षी कमजोर बनाएको स्मरण गरेका छन् । तामाङका अनुसार उनको उम्मेदवारी फिर्तासँगै उनको वडामा कांग्रेस बलियो भएको छ।

फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनकालागि क्षेत्रीय कार्यसमितिले टिकट सिफारिस गरेको विपरीत अन्यले टिकट पाएको र पार्टीको आन्तरिक विवादले पार्टी कमजोर हुन सक्ने देखेर उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए। तर, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री मोहन बहादुर बस्नेत, क्षेत्रीय सभापति तथा बाह्रविसे नगरपालिका मेयर बालकृष्ण बस्नेत लगायतका नेताहरुले उनलाई उम्मेदवारी निस्क्रिय बनाइदिन आग्रह गरेपछि उनले आफ्नो उम्मेदवारी फिर्ता गर्ने निर्णय गरेका हुन्।

सानु तामाङले मतदाताहरुलाई अनुरोध गर्दै आफ्नो चिन्हमा मत नहाल्न र पार्टीका तर्फबाट उम्मेदवार बनेका जंगबहादुर लामालाई सहयोग गर्न अपिल गरेका छन्। उनले पार्टीलाई बलियो बनाउने र आगामी निर्वाचनमा एकतालाई प्रवर्द्धन गर्ने उद्देश्यले यो कदम चालिएको स्पष्ट पारेका छन्।

प्रकाशित मिति: सोमबार, माघ २६, २०८२  १६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update