नेपाल चार रनले इङ्ल्यान्डसँग पराजित
काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी टी–ट्वान्टी विश्वकपको पहिलो खेलमा इङ्ल्यान्डसँग ४ रनले पराजित भएको छ।
आइतबार वानखाडे क्रिकेट स्टेडियममा खेलिएको खेलमा इङ्ल्यान्डले पहिले ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १८४ रन बनाएको थियो। लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनायो।
नेपालका लागि दीपेन्द्र सिंह ऐरी ले सर्वाधिक ४४ रन बनाएका थिए भने लोकेश बम र रोहित कुरमा पौडेल ले समान ३९–३९ रनको योगदान दिएका थिए। बलिङतर्फ इङ्ल्यान्डका लागि लिम डसन ले दुई विकेट लिए।
इङ्ल्यान्डका लागि जेकब वेथेल र कप्तान हेरी बेकर ले अर्धशतकीय पारी खेले।
प्रकाशित मिति: आइतबार, माघ २५, २०८२ १८:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

