Harsamaya
कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमण: ६ वर्षीया बालिकाको मृत्यु, हजुरआमा घाइते
प्रतिकात्मक तस्विर: हर समय/Har Samaya

धनगढी - कञ्चनपुरको लालझाडी गाउँपालिकामा जङ्गली हात्तीको आक्रमणमा परी ६ वर्षीया बालिकाको मृत्यु भएको छ भने एक वृद्धा गम्भीर घाइते भएकी छन् ।

आइतबार बिहान करिब साढे २ बजे लालझाडी गाउँपालिका–६ ढक्का चानदेवस्थित किसान सिंह साउदको घरमा जङ्गली हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ । घरबाट ज्यान जोगाउन भाग्ने क्रममा हात्तीको आक्रमणमा परेकी ६ वर्षीया रोजिना साउद र उनकी ५५ वर्षीया हजुरआमा पार्वती साउद घाइते भएका थिए ।

घाइते दुवैलाई आर.एम. अस्पताल झलारीमा प्रारम्भिक उपचारपछि धनगढी रिफर गरिएको थियो । उपचारकै क्रममा नवजीवन अस्पताल धनगढीमा रोजिनाको बिहान ६:१५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, माघ २५, २०८२  १०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update