काठमाडौं - आइसीसी टी–२० विश्वकप क्रिकेटमा विजेता भारतले विजयी सुरुआत गरेको छ । मुम्बईको वानखेडे स्टेडियममाखेलमा घरेलु टोली भारतले अमेरिकालाई २९ रनले पराजित गर्यो ।
भारतले दिएको १६२ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो । अमेरिकाका लागि कृष्ण सन्जय मुर्ती र शुभम रन्जनेले सर्वाधिक समान ३७-३७ रन बनाए । बलिङमा भारतका मोहम्मद सिराजले ३, आशिर्वाद सिंहले २ र अक्षर पटेलले २/२ तथा वरुण चक्रवतिले एक विकेट लिए ।
त्यसअघि घरेलु मैदानमा भारतले कप्तान सूर्यकुमार यादवको संयमित ब्याटिङमा १६१ रन बनाएको थियो । यादवले ४९ बलमा अविजित ८४ रन बनाए ।
बलिङमा अमेरिकाका शाड्ली भ्यान शाल्कविकले सर्वाधिक ४ विकेट लिए । यसअघि आजै भएको खेलमा पाकिस्तान र वेष्ट इन्डिज विजयी भएका थिए ।
आज नेपालले इंग्ल्याण्डसंग खेल्नेछ ।

