मस्कको नयाँ योजना: अन्तरिक्षमै डाटा सेन्टर र एआई
एजेन्सी - एलन मस्कले अन्तरिक्षमा डाटा सेन्टर स्थापना गर्ने योजना सार्वजनिक गरेका छन्। करिब एक लाख उपग्रहमार्फत सूर्य ऊर्जामा चल्ने प्रणाली बनाएर एआई सञ्चालन र ऊर्जा संकट घटाउने दाबी गरिएको छ।
तर विज्ञहरूले अत्यधिक ताप व्यवस्थापन, उपकरण मर्मत असम्भव, उच्च लागत र अन्तरिक्ष फोहोर जस्ता गम्भीर चुनौती औँल्याएका छन्। विशाल रेडिएटर प्यानल र विकिरणको असर प्रमुख जोखिम मानिएको छ।
अन्य कम्पनीहरू पनि यस्तै दौडमा छन्, जसलाई विज्ञहरूले अन्तरिक्षमा शक्ति प्रदर्शनको संकेत भनेका छन्।
प्रकाशित मिति: शनिबार, माघ २४, २०८२ १५:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

