बाँकेमा निर्वाचन आचारसंहिता उल्लंघनका १६ घटना दर्ता
बाँके - निर्वाचन नजिकिँदै गर्दा बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा निर्वाचन आचारसंहिता उल्लंघनका १६ घटना दर्ता भएका छन्।
विद्यालय परिसरमा कार्यक्रम, मतदातालाई सामग्री वितरण, सामाजिक सञ्जालमार्फत प्रचार र सवारीसाधनमा झण्डा प्रयोगलगायत उजुरी परेका छन्।
संलग्न उम्मेदवारलाई सचेत गराउँदै पुनः नदोहोर्याउन निर्देशन दिइएको निर्वाचन आचारसंहिता कार्यान्वयन तथा अनुगमन अधिकृत पूर्णबहादुर खत्रीले जानकारी दिए ।
प्रकाशित मिति: शनिबार, माघ २४, २०८२ १४:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

