हेटौँडा - आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मकवानपुर निर्वाचन क्षेत्र नम्बर–२ मा चुनावी गतिविधि तीव्र बनाएको छ । यसैक्रममा इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–३ सिस्नेरीमा भेटघाट तथा प्रचारप्रसार समिति गठन गरिएको छ ।
राप्रपाका तर्फबाट उम्मेदवारी दिएका रामबहादुर थोकरको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाबाट लक्ष्मी नगरकोटीको संयोजकत्वमा वडास्तरीय प्रचारप्रसार समिति गठन गरिएको हो । समितिको सहसंयोजकमा शिव नगरकोटी र सचिवमा सुमन नगरकोटी चयन भएका छन् । सदस्यहरूमा सुमित्रा नगरकोटी, गीताकुमारी थापा, प्रमिला नगरकोटी, मञ्जरी नगरकोटी, सबिना नगरकोटी र चिनीमैया नगरकोटी रहेका छन् ।
भेलामा आगामी दिनमा सञ्चालन गरिने प्रचारप्रसार कार्यक्रम, घरदैलो अभियान तथा मतदाता भेटघाटलाई कसरी व्यवस्थित र प्रभावकारी बनाउने भन्ने विषयमा छलफल गरिएको थियो । वडास्तरबाटै संगठित रूपमा अभियान सञ्चालन गर्ने लक्ष्यसहित समिति गठन गरिएको जनाइएको छ ।
चुनावी मैदानमा उत्रिएपछि उम्मेदवार थोकरले इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–२ सल्ले, वडा नम्बर–३ सिस्नेरी, कुलेखानी, कलंकी, मार्खु, थाहा नगरपालिका वडा नम्बर–९ चित्लाङलगायत स्थानमा स्थानीय नागरिकसँग भेटघाट र संवाद गरिसकेका छन् । उनले मतदाताका धारणा सुन्ने, समस्या बुझ्ने र आफ्नो राजनीतिक प्रतिबद्धता स्पष्ट गर्ने कार्यलाई निरन्तरता दिइरहेका छन् ।
उम्मेदवार थोकरले घरदैलोका क्रममा प्राप्त सुझाव र धारणालाई आगामी राजनीतिक भूमिकामा समेट्ने प्रतिबद्धता व्यक्त गर्दै आफू सधैं जनताको मुद्दा बोकेर अघि बढ्ने स्पष्ट पारे । उनले सिस्नेरी क्षेत्रका बाढीपीडितको पक्षमा सदनमा आवाज उठाउने र सिस्नेरी बजारलाई पुरानै अवस्थामा फर्काउने वाचा गर्दै मतदातासँग समर्थनको अपिल गरेका छन् ।

