दन्तमञ्जनमा अत्यधिक सिसा, कडा नियमन गर्न माग
काठमाडौं - नेपाल चिकित्सक संघले दैनिक प्रयोग हुने दन्तमञ्जन र सौन्दर्य सामग्रीमा अत्यधिक सिसा (लिड) भेटिएको भन्दै कडा नियमनको माग गरेको छ।
सेफेडको अध्ययन अनुसार ३१ प्रतिशत नमूनामा स्वीकृत मापदण्डभन्दा बढी सिसा थियो, जसमा दन्तमञ्जनका ४५ प्रतिशत नमूना समावेश छन्।
संघले बालबालिका र आमनागरिकको स्वास्थ्यमा असर पर्ने भन्दै गुणस्तर मापन र कडा अनुगमनको आग्रह गरेको छ।
प्रकाशित मिति: शुक्रबार, माघ २३, २०८२ २२:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

