Harsamaya
कुशलतापूर्वक एक्ला एक्लै गाउँ गाउँ पुगेर भोट माग्दै बाजुराका स्वतन्त्र उम्मेदवार शाही

बाजुरा - आगामी फागुन २१ गते हुन लागेको निर्वाचनको माहौल देशै भरी छाएको छ। यति वेला सम्पूर्ण उम्मेदवार जनताको घरदैलोमा पुगिरहेका छन्। बाजुरामा पनि चुनावी माहौल निकै तातेको छ।

बाजुराबाट आसन्न प्रतिनिधि सभा निर्वाचनको लागी उम्मेदवारी दिएका उम्मेदवार यति वेला जनताको घरदैलोमा पुगिरहेका छन्। यसै बिच बाजुराका स्वतन्त्र उम्मेदवार उपेन्द्र शाही जनताका जनआकाङ्क्षा बुझ्न र भोट माग्न घरदैलो अभियानमा व्यस्त छन्।

अन्य पार्टीका राजनीतिक दलका व्यक्ति ठुलो तामझामका साथ नाराबाजी तथा मिडियाबाजी गरेर घरदैलो अभियान गरिरहेका छन् भने शाही एक्ला एक्लै जनताको घरदैलोमा पुगेर भोटको अपिल गर्दै आएका छन्।उनको भोट माग्ने कुशलता निकै प्रशंसा गर्न योग्य देखिन्छ।

शाहीले ठट्यौली तरिकाले जनतासँग भोटको अपिल गर्दै आएका छन्। बाजुरामा शाही सँगै अन्य ७ राजनीतिक दलका व्यक्ति अहिले चुनावी मैदानमा उत्रिएका छन्।

आसन्न फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभाको निर्वाचनमा आफ्नो विजय हासिल गर्नको लागि बाजुराका दुर्गम गाउँ– बस्तीमा रहेका मतदाताहरू सँग भोट माग्दै स्वतन्त्र उम्मेदवार उपेन्द्र शाही ।

प्रकाशित मिति: शुक्रबार, माघ २३, २०८२  ०८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update