Harsamaya
दुई फर्मलाई नगद जरिवाना 
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ।

काठमाडौं - वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई नगद जरिवाना गरेको छ । विभागले नियमित अनुगमनका क्रममा कैफियत देखिएपछि   मैतीदेवीमा रहेको श्रेष्ठ खाद्य स्टोर र   टोखामा रहेको घिमिरे रिजन किनारा  स्टोर सलाई  रु १०/१० हजार जरिवाना गरेको छ ।

ब्लास्ट फेसन कलेक्सनलाई भने व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । यस्तै, थप १७ वटा फर्मलाई भने विभागले सुधारात्मक निर्देशन दिएको छ । 

प्रकाशित मिति: शुक्रबार, माघ २३, २०८२  ०७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update