गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं- हुम्लाको ताजाँकोट गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरू विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
गैरकानूनी लाभ वा हानि पुर्याई भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
आयोगले ढकालका साथै स्वास्थ्य शाखा प्रमुख राजेन्द्र स्याङक, सह-लेखापाल विर्षसिंह सुनार र आर्यान फार्मा नेपालगञ्जका सञ्चालक कृष्णकुमार भजुवालाई पनि प्रतिवादी बनाएको छ ।
उनीहरूले आपसी मिलेमतोमा खरिद नै नगरेको औषधि तथा उपकरणहरू खरिद गरेको भन्दै रकम हिनामिना गरेको पाइएको प्रवक्ता न्यौपानेले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, माघ २१, २०८२ २०:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

