Harsamaya
बालेनको चुनावी अभियानमा हिँडेका पत्रकार दिनेश सिटौलाको निधन
पत्रकार दिनेश सिटौला ।

काठमाडौं - पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ । ब्रेन ह्यामरेजबाट पीडित भएका उनको आइतबार निधन भएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन)को चुनावी अभियानका क्रममा उनको टोलीमा रहेर सिटौला अछाम पुगेका थिए । अछाममा गएका बेला अचानक बेहोस भएर ढलेपछि सिटौलालाई शुक्रबार काठमाडौं ल्याइएको थियो ।

ग्राण्डी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा चिकित्सकले आज मृत घोषणा गरेका हुन् ।

उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी छ । चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष रहेका सिटौलाले सयौं नेपाली चलचित्रहरुको प्रमोसनमा काम गरेका थिए ।

dinesh-1769934273.png

प्रकाशित मिति: आइतबार, माघ १८, २०८२  १४:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update