साफ यू-१९ महिला च्याम्पियनसिप फुटबलको पहिलो खेलमा भारतसँग नेपाल पराजित
काठमाडौं- पोखरामा शनिबारदेखि सुरु भएको साफ यू–१९ महिला च्याम्पियनसिप फुटबलमा घरेलु टोली नेपालले निराशाजनक सुरुवात गरेको छ ।
पोखरा रंगशालामा खेलिएको आफ्नो पहिलो खेलमा नेपाली टोली भारतसँग ०–१ गोलले पराजित भयो ।
त्यसअघि, शनिबार नै खेलिएको प्रतियोगिताको उद्घाटन खेलमा बंगलादेशले भुटानलाई १२–० गोलको विशाल अन्तरले हराएको थियो।
प्रतियोगितामा चारवटा टोलीको सहभागिता रहेको छ । नेपाली टोलीले आफ्नो दोस्रो खेल सोमबार भुटानसँग खेल्नेछ । नेपालले तेस्रो खेल बुधबार बंगलादेशसँग खेल्नेछ ।
प्रकाशित मिति: शनिबार, माघ १७, २०८२ १९:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

