Harsamaya
गोरखापत्र संस्थानले माग्यो भारि मात्रामा कर्मचारी

काठमाडौं- गोरखापत्र संस्थानले विभिन्न पदमा भारी मात्रामा कर्मचारी मागेको छ । संस्थानले ९१ जना कर्मचारी मागेको छ।

शुक्रबार सूचना जारी गर्दै गोरखापत्र संस्थानले नवौं तहदेखि दोस्रो तहसम्म विभिन्न पदमा कर्मचारी मागेको हो।

संस्थानले एक जना नायब कार्यकारी सम्पादक, नेपाली र अंग्रेजी समूह गरी १६ जना समाचारदाता, फोटोग्राफ र कलातर्फ २ जना, सामान्य प्रशासनतर्फ १४ जना, लेखातर्फ १३ जना, ९ जना बजार अधिकृत लगायत विभिन्न पदमा विभिन्न संख्यामा कर्मचारी मागेको हो।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले  फागुन ७ गतेसम्म र दोब्बर दस्तुर तिरेर फागुन १४ गतेसम्म दरखास्त दिन सकिनेछ।

gorkha-1769741370.jpg
 

प्रकाशित मिति: शुक्रबार, माघ १६, २०८२  ०८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update