Harsamaya
रूसद्वारा क्युबामाथि लगाएको कडा प्रतिबन्धको विरुद्धमा वासिङ्टनलाई चेतावनी
भ्लादिमिर पुटिन ।

एजेन्सी - रूसले क्युबामा अमेरिकी प्रतिबन्ध कडा पार्ने सम्भावित परिणामको चेतावनी दिँदै हवाना विरुद्ध थप कदम चाल्ने वासिङ्टनको अभिप्रायबारे प्रसारित रिपोर्टहरू सत्य नभएको जनाएको छ । 

रूसी विदेश मामिला मन्त्रालयको प्रवक्ता मारिया जाखारोभाले विज्ञप्ति जारी गर्दै मस्कोले  प्रतिवन्द कडा पार्ने रिपोर्टहरु सत्यमा निहित छैनन् भन्ने आशा गरेको बताएका छन् ।   

जाखारोभाले यस मार्गमा अगाडि बढ्नुको अर्थ अमेरिकाले  राष्ट्रिय कानुन र शासनलाई विद्यमान अन्तर्राष्ट्रिय कानुनी मापदण्ड भन्दा माथि राख्नु भएको उल्लेख गरेका छन् । उनले क्युवाविरुद्धका उपायहरूको यस्तो वृद्धिलाई क्युवाली जनताको  अधिकारको अमानवीय उल्लंघन भन्दै यसले टापुमा मानवीय संकट निम्त्याउन सक्ने चेतावनी दिएका छन् । 

दशकौँ देखि लागु गरिएको प्रतिबन्ध नीतिलाई निरन्तरता दिँदै अमेरिकी प्रशासनले क्युबामा थप आर्थिक प्रतिबन्धहरू लगाउन सक्ने सुझाव दिने रिपोर्टहरूको पृष्ठभूमि विच रूसी दृष्टिकोण आएको हो ।

प्रकाशित मिति: बिहीबार, माघ १५, २०८२  १४:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update