Harsamaya
भूमध्यसागरमा डुङ्गा डुब्दा ५० जना बेपत्ता
प्रतिकात्मक तस्विर ।

एजेन्सी - भूमध्यसागरमा ५१ जना आप्रवासी बोकेको डुङ्गा डुब्दा डुङ्गामा सवार यात्रुहरु मध्ये एकजना जीवित रहेको पुष्टि भएको छ भने ५० जना अझै बेपत्ता रहेको स्थानीय मिडियाले जनाएको छ ।

जीवितै उद्धार गरएिका व्यक्तीलाई व्यापारी जहाजले उपचारका लागि माल्टाको अस्पतालमा लगेको जनाइएको छ ।

उनका अनुसार उक्त डुङ्गा  लिबियाबाट भूमध्यसागरमा आएको थियो भने  दुर्घटनाग्रस्त डुङ्गालाई समातेर पानीमा तैरिरहेको अवस्थामा उहाँलाई उद्धार गरिएको थियो । 

दुर्घटना पछि, तुरुन्तै खोजी तथा उद्धार कार्य सुरु गरिएको भएता पनि  अझै ५० जना बेपत्ता रहेको जनाइएको छ । 

आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम) को तथ्यांकले यस वर्षको सुरुदेखि भूमध्यसागरमा १४ जना बेपत्ता भई मृत पुष्टि भएको देखाएको छ भने सन् २०२४ मा यो मार्गमा मृत्यु र बेपत्ता हुनेहरूको सङ्ख्या एक हजार ८७३ पुगेको थियो ।
 

प्रकाशित मिति: सोमबार, माघ १२, २०८२  १७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update