नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्दै नेपाल
काठमाडौं - आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले बलिङ थालेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा नेदरल्यान्ड्सले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ थालेको हो । यसअघिको खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको थियो ।
जिम्बाबे र स्कटल्यान्डलाई हराइसकेको नेदरल्यान्ड्स तेस्रो जितको खोजीमा छ । नेपाललाई पराजित गरेमा ऊ सुपर सिक्समा पुग्नेछ । महिला टी–२० वरियतामा नेदरल्यान्ड्स १४औँ र नेपाल २१औँ स्थानमा छ ।
प्रकाशित मिति: बिहीबार, माघ ८, २०८२ ०९:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

