काठमाडौं - काठमाडौंमा जारी आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताअन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेलमा नेदरल्यान्ड्सको सामना गर्दै छ । समूह ‘बी’ अन्तर्गतको उक्त खेल बिहान ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ।
नेपाल पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएको थियो। उता, नेदरल्यान्ड्सले जिम्बाबे र स्कटल्यान्डलाई पराजित गर्दै बलियो सुरुवात गरेको छ।
महिला टी–२० अन्तर्राष्ट्रिय वरियतामा नेदरल्यान्ड्स १४औँ स्थानमा रहेको छ भने नेपाल २१औँ स्थानमा छ। नेपाल र नेदरल्यान्ड्सबीच हालसम्म तीन पटक टी–२०आई खेल भएका छन् र ती सबै खेलमा नेपाल पराजित भएको छ ।
समूह चरणबाट अघिल्लो चरणमा प्रवेश गर्न नेपालले बाँकी तीन खेलमध्ये कम्तीमा दुई खेल जित्नै पर्ने दबाबमा छ। नेदरल्यान्ड्स भने अब एक जित हासिल गरेसँगै अघिल्लो चरणमा पुग्ने सम्भावना बलियो बनाउनेछ।

