यस वर्षको एसईई चैत १९ गतेबाट सुरु
काठमाडौं - २०८२ सालको एसईई परीक्षा चैत १९ गते देखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा एसइईको समय तालिका सार्वजनिक गरेको छ ।
२०८२ सालको एसईई परीक्षा चैत १९ गते बिहीबारबाट सुरु हुनेछ । पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा छ । सोही दिन संस्कृततर्फ अनिवार्य संस्कृत रचना र अङ्ग्रेजी तथा मदरसातर्फ अनिवार्य अरेबि भाषा र अंग्रेजीको परीक्षा छ ।
परीक्षा चैत २९ गते आइतबारसम्म सञ्चालन हुनेछ ।
प्रकाशित मिति: बुधबार, माघ ७, २०८२ २०:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

