Harsamaya
 सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड 
प्रतिकात्मक तस्विर ।

काठमाडौं - नेपाली बजारमा आज सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । बुधबार सुनको मूल्य तोलामा १० हजार ४ सय रूपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ तोकेको छ ।

मंगलबार सुन प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँ तोकिएको थियो ।

यसैगरी चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी प्रतितोला ५ हजार ९ सय २० रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति: बुधबार, माघ ७, २०८२  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update