Harsamaya
दक्षिण अफ्रिकामा भएको सडक दुर्घटनामा १२ जनाको मृत्यु
दक्षिण अफ्रीकाको जोहानेसबर्ग स्थित एक स्कुलका विद्यार्थीहरू बोकेको मिनीबस ट्रकसँग ठोक्किएर दुर्घटना ।

एजेन्सी - दक्षिण अफ्रीकाको जोहानेसबर्ग स्थित एक स्कुलका विद्यार्थीहरू बोकेको मिनीबस ट्रकसँग ठोक्किएर दुर्घटना हँदा  मिनी बसमा सवार १२ जना विद्यार्थीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 प्रहरीका अनुससार दुर्घटना जोहानेसबर्गबाट करिब ६० किलोमिटर दक्षिणमा रहेको औद्योगिक सहर भ्यान्डरबिजलपार्क नजिकै भएको हो ।

मिनीबसका चालकले अन्य सवारी साधनलाई ओभरटेक गर्ने प्रयास गर्दा नियन्त्रण गुमाएर  दुर्घटना भएको प्रहरीले जनाएको छ ।

एघार जना विद्यार्थीको घटनास्थलमै र अर्का एक जनाको अस्पतालमा मृत्यु भएको प्रान्तीय शिक्षा मन्त्री माटोम चिलोनेले पत्रकारहरूलाई बताउनु भएको छ । 

उहाँले संलग्न बच्चाहरूको उमेर थाहा नभएको तर उनीहरू प्राथमिक विद्यालयका भएको उल्लेख गर्नु भएको छ । 

सामाजिक सञ्जालमा राखिएका तस्बिरहरूले बिचलित आमा - बाबु प्रहरी परिषरको पछाडि भेला भएको सडक किनारमा कुचलिएको मिनीबस देखाइएको छ ।   

यातायात मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार सन् २०२५ मा दक्षिण अफ्रिकाकोमा सडक दुर्घटनामा ११ हजार ४०० भन्दा बढीको ज्यान गएको थियो ।

अक्टोबरमा क्वाजुलु–नातालको राजमार्गमा मिनीबसले नियन्त्रण गुमाएर पल्टिँदा १८ जना बालबालिका घाइते भएका थिए ।

सेप्टेम्बरमा क्वाजुलु–नाताल सहरमा एउटा स्कुलको मिनीबस एउटा क्रेचमा ठोक्किँदा कम्तीमा पाँच जना विद्यार्थीहरूको मृत्यु भएको थियो भने अन्य आठ जना घाइते भएका थिए ।

प्रकाशित मिति: सोमबार, माघ ५, २०८२  १९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update