स्वास्थ्य बीमा बोर्डका निर्देशक काफ्लेले दिए राजीनामा
काठमाडौं - स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा.रघुराज काफ्लेले राजीनामा दिएका छन् ।
सोमबार कार्यकारी निर्देशक डा काफ्लले राजीनामा बुझाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार काफ्ललेको राजीनामाबारे छलफल भइरहेको छ । गत फागुनमा बोर्डका कार्यकारी निर्देशकमा उनी नियुक्त भएका थिए ।
प्रकाशित मिति: सोमबार, माघ ५, २०८२ १५:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

