आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस
काठमाडौं - आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस। विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउने गरिएको छ । आजको दिनलाई भूकम्प र यसबाट हुने क्षतिको न्यूनीकरणमा चेतना फैलाउने रूपमा लिइन्छ ।
विसं १९९० माघ २ गतेका दिउँसो २:२४ बजेको भूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष सोही दिनलाई भूकम्प सुरक्षा दिवसका रूपमा मनाइँदै आइएको छ । भूकम्प सुरक्षा दिवसलाई देशव्यापी रूपमा एकरुपता कायम हुने गरी व्यवस्थित, प्रभावकारी तुल्याउन भूकम्प सुरक्षा दिवस मार्गदर्शन २०७१ तर्जुमा समेत गरिएको छ ।
भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्व तयारीका साथ भन्ने मूल नाराका साथ देशव्यापी रूपमा विविध कार्यकमहरु सञ्चालन गरी २७औँ भूकम्प सुरक्षा दिवस देशैभर मनाउने गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ २, २०८२ ०७:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

