Harsamaya
त्रिवि शिक्षण अस्पतालमा बन्द भयो स्वास्थ्य बीमा कार्यक्रम
त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल ।

काठमाडौं - महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा कार्यक्रममार्फत उपचार सेवा बन्द गरेको छ ।  आजदेखि स्वास्थ्य बिमामार्फत गराइने सबै उपचार सेवा बन्द गरिएको अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले जानकारी दिए ।

उनले स्वास्थ्य बिमा बोर्डले बिमा कार्यक्रममार्फत उपचार गराएको भुक्तानी उपलब्ध नगराउँदा बिमा कार्यक्रमलाई निरन्तरता दिन नसकिएको बताए । अस्पतालले स्वास्थ्य बिमामार्फत बीमितको उपचार गरेबापत बोर्डबाट करिब रु ४० करोड भुक्तानी लिन बाँकी रहेको छ ।

अस्पतालले २०७७ सालदेखि नियमित रूपमा सञ्चालन गर्दै आएको स्वास्थ्य बिमा कार्यक्रममार्फत गरिने उपचार सेवा प्रदान गर्दै आएको थियो । बिमा बापतको रकम भुक्तानी गर्न बोर्डलाई दुई वर्षदेखि आग्रह गर्दा कुनै सुनवाइ नभएको सूचना अधिकारी रोस्याराले बताए ।

प्रकाशित मिति: बिहीबार, माघ १, २०८२  २०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update