मधेश प्रदेशको मुख्य न्यायाधिवक्तामा डा. सुनिल रञ्जन सिंह नियुक्त
जनकपुर - मधेश प्रदेशको मुख्य न्यायाधिवक्तामा डा सुनिल रञ्जन सिंह नियुक्त भएका छन् । प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्ण प्रसाद यादवको सिफारिसमा मङ्गलवार डा. सिंहलाई मधेश प्रदेशको मुख्य न्यायाधिवक्ताको पदमा नियुक्त गरेका छन् ।
नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम आजदेखि लागू हुने गरी सर्लाही जिल्ला ईश्वरपुर नगरपालिका–१४ निवासी डा. सिंहलाई मुख्य न्यायाधिवक्ताको जिम्मेवारी दिइएको प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख रहेको छ ।
नव नियुक्त मुख्य न्यायाधिवक्ता डा. सिंहले प्रदेश सरकारका तर्फबाट कानुनी सल्लाहकारको भूमिका निर्वाह गर्नुका साथै प्रदेश सरकार संलग्न मुद्दामा सरकारको प्रतिनिधित्व गर्ने जिम्मेवारी सम्हाल्नेछन् ।
प्रकाशित मिति: मंगलबार, पुस २९, २०८२ १९:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

