अमेरिकाको मिनियापोलिसमा अध्यागमन अधिकारीले गोली चलाउँदा एक महिलाको मृत्यु
अमेरिका - अमेरिकाको मिनेसोटा राज्यस्थित मिनियापोलिस सहरमा अध्यागमन अधिकारीले एक महिलालाई गोली हानेका छन्। बीबीसीका अनुसार गोली लागेर ३७ वर्षीया अमेरिकी नागरिक रेनी निकोल गुडको मृत्यु भएको छ।
गृह सुरक्षा विभाग (डीएसएस) ले भने ती महिलाले कारले ठोकाउन खोजेपछि अध्यागमन अधिकारी गोली चलाउन बाध्य भएको दाबी गरेको छ। अधिकारीले आत्मरक्षामा गोली चलाएको गृह सुरक्षा सचिव क्रिस्टी नोएमले दाबी गरेकी छिन् ।
यद्यपि मिनियापोलिसका मेयर ज्याकब फ्रेले संघीय अधिकारीहरूको यो भनाइमा प्रश्न उठाएका छन् र सहरबाट आईसीई एजेन्ट हटाउन आह्वान गरेका छन्।
प्रकाशित मिति: बिहीबार, पुस २४, २०८२ ०८:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

