Harsamaya
हेल्प नेपालले जित्यो एनभीए भलिबलको उपाधि

काठमाडौं - हेल्प नेपाल स्पोर्टस क्लबले एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फको उपाधि जितेको छ । आज त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई  पराजित गर्दै हेल्प नेपालले उपाधि जितेको हो ।

त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै हेल्प नेपालले उपाधि जितेको हो । खेलमा हेल्प नेपालले आर्मीलाई २५–२१, २५–२१, २५–२१ को सेटमा पराजित गरेको हो । पराजित आर्मीले दोश्रो स्थान हासिल गरेको छ भने पुलिस क्लब तेश्रो भएको छ । तेश्रो स्थानका लागि  पुलिसले रुकुम पश्चिम ट्रेनिङ सेन्टरलाई ३–२ सेटले पराजित गरेको हो । त्यस्तै च्याम्पियनसिपअन्तर्गत महिलातर्फको उपाधि न्यु डायमण्ड एकेडेमीले हात पार्न सफल भएको छ। फाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यु डायमण्डले उपाधि जितेको हो । 

प्रकाशित मिति: शनिबार, पुस १९, २०८२  १९:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update