अमेरिकाको एरिजोनामा हेलिकप्टर दुर्घटना, एकै परिवारका चार जनाको मृत्यु
अमेरिका : अमेरिकाको एरिजोनामा शुक्रबार एक निजी हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । अमेरिकाको एरिजोनाको राजधानी फिनिक्स नजिकैको सुपीरियर सहर नजिकै हेलिकप्टर दुर्घटना भएको बताइएको छ ।
दुर्घटना शुक्रबार बिहान ११ बजे तिर भएको थियो भने उद्धारकर्मीहरूले हेलिकप्टरको भग्नावशेषमा पुगेर दुर्घटनामा सवार सबै चार जनाको मृत्यु भएको पुष्टि गरेका थिए। मृत्यु हुनेहरूमा हेलिकप्टर चालक र एउटै परिवारका तीन महिला सदस्यहरू रहेको जनाइएको छ । अमेरिकी एभिएशन एडमिनिस्ट्रेशन र राष्ट्रिय यातायात सुरक्षा बोर्ड द्वारा अनुसन्धान जारी रहेको छ ।
प्रकाशित मिति: शनिबार, पुस १९, २०८२ १८:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

