Harsamaya
हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित
कुहिरो र हुस्सु ।

बाँके - बाक्लो हुस्सु र कुहिरोले बाँकेलगायत पश्चिम तराईको जननीवन प्रभावित भएको छ । चिसोले बालबालिका, विद्यार्थी, मजदुर, गरिब, असहाह र ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् । 

स्थानीय  घरबाहिर निस्कन सकेका छैनन् । बिहान खुल्ने पसल र बजार पनि ढिलो गरी खुलिरहेका छन् । साँझपख पनि चिसो बढ्न थालेपछि बजार सम्साझैँ सुनसान हुन थालेका छन् ।

कठ्याङ्ग्रिँदो चिसोसँगै हुस्सु लाग्दा सवारीसाधन चलाउन पनि समस्या भएको सवारी चालक नेपालगन्ज १६ का रामप्रसाद थारु बताउँछन् ।  

चिसोले दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायत रोगका बिरामी पनि बढेका भेरी अस्पतालका सूचना अधिकारी संकेत रिसालले बताए । हिजोआज अस्पतालमा १०० बढी निमोनिया र रुघाखोकीका  बिरामी आउने गरेका जानकारी उनले दिए ।

प्रकाशित मिति: शुक्रबार, पुस १८, २०८२  १०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update