Harsamaya
गगन-विश्वद्वारा नियमित महाधिवेशन स्थगन, विशेष महाधिवेशन गर्ने घोषणा
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको नियमित महाधिवेशन स्थगित गरेका छन् । 

बिहीबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै थापा र शर्माले नियमित महाधिवेशन स्थगनको जानकारी दिएका हुन्। उनीहरूले विकल्पका रूपमा विशेष महाधिवेशन गर्ने पनि जानकारी दिएका छन्।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मंसिर १५ गते सम्पन्न बैठकले निर्धारण गरेको नियमित महाधिवेशनको कार्यतालिका आगामी बैठकबाट अनुमोदन गर्नेगरी यसै सूचना मार्फत नियमित महाधिवेशन स्थगित गरिएको जारी विज्ञप्तिमा उल्लेख गरिएकाे छ। 

'५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरी केन्द्रीय कार्यालयमा दर्ता गराएको विशेष महाधिवेशनको मागलाई सम्बोधन गर्ने प्राथमिक विकल्प नियमित महाधिवेशन नै थियो। तर नियमित महाधिवेशन निर्धारित समयमै सम्पन्न हुन नसक्ने अवस्था सिर्जना भएपछि फेरि पनि विकल्पका रूपमा विशेष महाधिवेशन नै अघि आएको छ,'विज्ञप्तिमा भनिएकाे छ ।

पार्टी विधानको दफा १७(२) बमोजिम विशेष महाधिवेशनसम्बन्धी मागलाई सम्बोधन गर्नु केन्द्रीय कार्यालयको जिम्मेवारी भएकाे र उक्त जिम्मेवारी अन्तर्गतका कार्यहरू संभव भएसम्म सर्वसम्मतिले अगाडि बढाइने विज्ञप्तिमा भनिएकाे छ।

bigyapati-1767275158.jpg
 

प्रकाशित मिति: बिहीबार, पुस १७, २०८२  १९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update