वीरेन्द्रनगरमा किशोरकिशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा फेला
कर्णाली - सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ भैरवस्थान सामुदायिक वनमा आज दुई जना मृत अवस्थामा फेला परेका छन् ।
मृत अवस्थामा फेला पर्नेमा चामुण्डा बिन्दासैनी नगरपालिका–३ दैलेख निवासी १९ वर्षीया सुनिता भण्डारी र ठाटिकाँध गाउँपालिका–२ दैलेख निवासी १७ वर्षीय सुरेन्द्र थापा रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत श्यामप्रकाश यादवले जानकारी दिए ।
बुधबार बिहान दाउरा काट्न गएका स्थानीयले रुखमा झुन्डिएको देखेर सहिद पार्कस्थित अस्थायी प्रहरी बिट सुर्खेतलाई जानकारी गराएका थिए । प्रहरीले रितपूर्वक घटनास्थल मुचुल्कालगायत प्रारम्भिक कार्य गरी दुवैको शव परीक्षणका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँमा राखिएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस १७, २०८२ ०८:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

