कांग्रेसले गर्यो समानुपातिकतर्फका ११० जना उम्मेदवारको बन्दसूची पारित
काठमाडौं - नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका ११० जना उम्मेदवारको बन्दसूची पारित गरेको छ ।
सोमबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले समानुपातिकतर्फका ११० जना उम्मेदवारको बन्दसूची पारित गरेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए । यसपटक बिगतमा अवसर नपाएकालाई प्राथमिकता दिएको उनले बताए ।
त्यस्तै युवाका साथै पुराना योगदान गरेका र समावेशी आधारमा समानुपातीक बन्द सूची तयार गरिएको उनले जानकारी दिए ।
उनले पहिला समानुपातिकमा अवसर पाएकालाई यसपटक समानुपातिकमा नराखिएको उल्लेख गरे ।
प्रकाशित मिति: सोमबार, पुस १४, २०८२ १८:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

