Harsamaya
काँग्रेसले समानुपातिकको बन्दसूचीको नाम अझै फाइनल गर्न सकेन
नेपाली काँग्रेसको केन्द्रीय कार्यालय ।

काठमाडौं - नेपाली काँग्रेसले समानुपातिकको बन्दसूचीको नाम अझै फाइनल गर्न सकेको छैन । केन्द्रीय कार्यसम्पादन समितिको केन्द्रीय कार्यालय सानेपामा जारी बैठकले समानुपातिकको बन्द सूचीको नाम फाइनल गर्न नसकेको हो । ‘अझै पनि छलफल जारी छ’, एक नेताले भने, ‘६०/४० को भागबण्डा पनि मिलेको छैन ।’

प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मासहितले आयोगमा पुगेर निस्सा लिएर आएका छन् । समानुपातिक सूची बुझाउन समय लाग्ने भएर कांग्रेसले निस्सा लिएर आएको हो।

आइतबार राति अबेरसम्म बसेर बन्द सूचीमा समावेश गर्नेको नामबारे काँग्रेसले छलफल गरेको थियो ।  आज बिहानै देखि काँग्रेस कार्यसम्पादन समिति बसिरहेको छ । 

पटक पटक समानुपातिक सांसद भएकाहरूलाई यसपालि सूचीमै समावेश नगर्ने काँग्रेसले बताएको छ । 

प्रकाशित मिति: सोमबार, पुस १४, २०८२  १७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update