Harsamaya
एमालेले आज निर्वाचन आयोगमा बन्दसूची बुझाउँदै
एमाले पार्टी कार्यालय ।

काठमाडौं - नेकपा (एमाले) ले समानुपातिकतर्फको बन्दसूची आज निर्वाचन आयोगमा बुझाउने भएको छ ।

आइतबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको बन्दसूचीलाई सुझावसहित पारित गर्दै आज निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको थियो ।

एमालेले विभिन्न जिल्ला हुँदै प्रदेशबाट सिफारिस भएका आधारमा बन्दसूची तयार पारेको छ ।

प्रकाशित मिति: सोमबार, पुस १४, २०८२  ०९:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update