Harsamaya
जसपा र लोसपाबिच पार्टी एकीकरणको घोषणा (पत्रसहित)
सहमति पश्चात् दलका नेताहरू

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले पार्टी एकीकरण गर्ने निर्णय गरेका छन्।

आइतबार काठमाडौँमा बसेको दुवै पार्टीका शीर्ष नेता तथा पदाधिकारीहरूको संयुक्त बैठकले देशको वर्तमान राजनीतिक परिस्थितिको विश्लेषण गर्दै एकीकरणको औपचारिक निर्णय गरेको हो ।

जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरद्वारा हस्ताक्षरित संयुक्त प्रेस विज्ञप्ति अनुसार संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई संस्थागत गर्न र संघीयता, पहिचान, समानुपातिक समावेशिता एवं सामाजिक न्याय जस्ता अग्रगामी परिवर्तनका मुद्दाहरूलाई मजबुत बनाउन दुई दल एक ठाउँमा उभिएको उल्लेख छ।

'अग्रगामी परिवर्तनका मुद्दाहरूलाई मजबुत गर्दै न्यायपूर्ण समाज निर्माण गर्ने आवश्यकतालाई आत्मसात गरी जसपा, नेपाल र लोसपा नेपाल पार्टी एकीकरण गर्ने निर्णय गरियो,'विज्ञप्तीमा लेखिएको छ। 

sahamati-1766934681.jpg
 

प्रकाशित मिति: आइतबार, पुस १३, २०८२  २०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update