विशेष महाधिवेशन पक्षधरहरूले कार्यवाहक सभापति र महामन्त्रीलाई बुझाए स्मरण पत्र
काठमाडौं - नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूले कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापालाई स्मरण पत्र बुझाएका छन् ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पुगेर विशेष महाधिवेशन पक्षधरहरूले समयमै नियमित महाधिवेशन हुने विश्वस्त आधार नदेखिएको भन्दै विशेष महाधिवेशनका लागि स्मरण पत्र बुझाएका हुन् ।
४० प्रतिशत प्रतिनिधिले हस्ताक्षर बुझाएको ३ महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने कांग्रेसको विधानमा व्यवस्था छ ।
पुस अन्तिम साता हस्ताक्षर बुझाएको ३ महिना पुग्दैछ । पुस २८ भित्रै विशेष महाधिवेशन बोलाउनुपर्ने सो पक्षको माग छ ।
केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहँदा विशेष महाधिवेशन पक्षधरहरूले स्मरण पत्र बुझाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस ११, २०८२ १७:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

