काठमाडौं - जैशिदेवल तेक्वान्दो डोजाङ्गका ९ खेलाडीहरुले ११ अन्तराष्ट्रिय पदक जितेका छन् ।
भारतको कोलकाता अवस्थित विश्व बैगला कन्भेक्सन सेन्टर न्यूटाउनमा डिसेम्वर २१ देखि २३ सम्म भएको ९औं टिआइए ओपन इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसिपमा सहभागिता जनाई ९ स्वर्ण, १ रजत र १ काँस्य सहित नेपालको लागि ११ अन्तराष्ट्रिय पदक जितेका हुन् ।
उक्त अन्तराष्ट्रिय प्रतियोगितामा पुम्से विधा तर्फ रोजेन प्रजापतिले स्वर्ण पदक, मुविक्क्षा गजुरेलले स्वर्णपदक, वितिशा तामाङ्गले रजत पदक जित्न सफल भएका छन । त्यसै गरी गेरोगी विधातर्फ अभिमन्यु गजुरेलले स्वर्ण, वितिशा तामाङ्गले स्वर्ण, यमुना जर्गा मगरले स्वर्ण, अनमोल थापा मगरले स्वर्ण, सुप्रिया जोशीले स्वर्ण, राजिव गुरुङ्गले स्वर्ण, मुविक्क्षा गजुरेलले स्वर्ण तथा राहुल हाङ्ग लिम्बुले काँस्य पदक जित्न सफल भएका हुन ।
प्रतियोगितामा आयोजक भारतसहित नेपाल र अन्य मुलुकका गरी ६९० खेलाडीहरुले विभिन्न विधामा प्रतिस्पर्धा गरेका थिए ।
उक्त प्रतियोगितामा जैशिदेवल युथ क्लबका अध्यक्ष एवं जैशिदेवल तेक्वान्दो डोजाङ्गका प्रमुख राजेश प्रजापतिको नेतृत्वमा ९ खेलाडीसहित ४ अफिसियल्सहरु अन्जीत राई टिम प्रशिक्षक, भरत कारन्जित टिम प्रवन्ध र संजय ध्वज जोशी टिम संयोजकको रुपमा सहभागिता रहेको थियो ।
यस प्रतियोगितामा सहभागिता जनाउँदा लाग्ने सम्पूर्ण खर्च क्लबको व्यहोरेको छ ।

