काठमाडौं - वैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरूको पुनः एकीकरण अनुभवको प्रभाव सम्बन्धी एक अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ। विहीबार सिंहदरबारमा आयोजित एक कार्यक्रमका विच प्रतिवेदन सार्वजनिक गरिएको हो ।
अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०२५ को अवसरमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार बोर्डको आयोजनामा गरिएको कार्यक्रममा नीति पत्रका रुपमा प्रतिवेदन सार्वजनिक गरिएको हो ।
रीइन्टीग्रेट परियोजनाको एम्स्टर्डम विश्वविद्यालय र सेन्टर फर द स्टडी अफ लेबर एण्ड मोबिलिटी (सेस्लम), शोसल साइन्स बहाःको सहकार्यमा तयार प्रतिवेदन रीइन्टीग्रेट परियोजनाको तर्फबाट डा.जीवन बानियाँ र रोजिका महर्जनले प्रश्तुत गरेका थिए ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरि पुष्करको अध्यक्षता र श्रम, रोजगार तथा सामजिक सुरक्षामन्त्री राजेन्द्रसिह भन्डारीको प्रमुख आथित्यतामा प्रश्तुत प्रतिवेदनमा अध्ययनको तथ्याङ्क सङ्कलन पाँच अध्ययन क्षेत्रहरूमा गरिएको जानकारी दिइयो ।
अध्ययनले नेपालमा रहेका तीन प्रमुख प्रकारका पुनः एकीकरण नीतिहरूको विश्लेषण गरेको छ। अध्ययनले फर्किएका श्रमिकलाई सरकारी मान्यता र आधिकारिक पहिचानले उनीहरूमा मनोवैज्ञानिक रूपमा ठूलो प्रभाव पार्ने जनाएको छ ।

