Harsamaya
नेप्से परिसूचक ५.७० अंकले बढ्यो
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक ५.७० अंकले बढेर दुई हजार ६२५ दशमलव ७० बिन्दुमा कायम भएको हो ।

आज ३३२ कम्पनीको ८५ लाख ९८ हजार ४२४ कित्ता सेयर५८ हजार ९६ पटक खरिदबिक्री हुँदा चार अर्ब पाँच करोड ३७ लाख २० हजार ७८२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज होटल तथा पर्यटन, निर्जीवन बीमा र व्यापार समूहको उपसूचक घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।

स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड र एसवाई प्यानल नेपाल लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने बाराही हाईड्रोपावर पब्लिक लिमिटेडको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति: बुधबार, पुस २, २०८२  १५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update